मेरो बारे:
- भोज राज श्रेष्ठ
- Wembley, London, United Kingdom
- नमस्कार! यहाँहरु सबैलाई मेरो यो ब्लगमा स्वागत छ। आजको युग सुचना-संचारको अति संबेदनशील युग हो। आज हामी भौगलिक रुपमा जुनासुकै कुनामा भएपनि, जुनसुकै उमेर-समुहको भएपनि, जुनासुकै पेशामा आबद्द रहेपनि हामी कोही पनि संचार माध्यम बाट बिमुख रहन सक्दैनौं। आफ्नो पेशा, घर-परिवार, मनोरन्जन, शिक्षा, या यस्तै अरु पारीवेश-यी सबैको लागि हामीलाई चाहिन्छ-सुचना तथा संचार। आजको संसार अति गतिशिल युग पनि हो। अत: यो वेगलाई थाम्नको लागि हाम्रो सामु छ-ई-मिडिया। यसर्थ, आज हरेक व्यक्ती प्रत्यक्ष या परोक्ष रुपमा ई-मिडिया सँग आबद्द नभई रहन सक्दैन। यसै यथार्थलाई ध्यानमा राखी मैले यो ब्लग सन्चालनमा ल्याएको छु। यो ब्लग मेरो मात्र निजी ब्लग नभई यहाँहरुको पनि साझा ब्लग हो। मलाई पूर्ण आशा छ-यसमा प्रकाशित विभिन्न शीर्षकहरुलाई यहाँहरुले अध्ययन गरी आफ्नो अमूल्य कमेन्ट मार्फत त्रुटिहरु औंलाईदिनुहुनेछ, रचनात्मक सुझाब दिनुहुनेछ साथै तपाईँहरुका आफ्ना अमूल्य कृतिहरु जस्तै: तथ्यगत समाचार, फोटो, भिडियो, लघु-लेख इत्यादि पठाएर सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु। यी सामाग्रीको लागि वा अन्य प्रसङ्गको लागि कृपाय मलाई मेरो ईमेल:bhoj88@gmail.com मा संपर्क राख्नु होला। धन्यवाद!
